सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रवि लामिछानेलाई जेल हाल्नु पर्छ भन्नेहरुलाई अमेरिकाबाट उनका पूर्वसहकर्मीले दिए यस्तो दनक

रवि लामिछानेलाई जेल हाल्नु पर्छ भन्नेहरुलाई अमेरिकाबाट उनका पूर्वसहकर्मीले दिए यस्तो दनक

रवि लामिछानेलाई जेल हल्नुपर्छ भन्ने सम्मका अभिव्यक्ति बाहिरिए पछि उनका पूर्वसहकर्मी प्रेम बानियाँले कडा टिप्पणी गरेका छन् । उनले रविछानेको मात्रै विषय नभएर देश बनाउने कि विगार्ने भन्ने बहसको कुरा भएकोे बताएका छन् । उनले सामजिक सञ्जाल फेसबुकमा यस्तो पोस्ट गरेका छन् । रबि लामिछाने विषय होइन, यो विषय देश समृद्ध बनाउने कि नबनाउने भन्ने हो !

कागजको कुरा नगर्नुस् नाभि गाडेको माटो त्यही हो !
कानुन त परिवर्तनको सहयोगी हो पासो होइन !
सुरु होस् ’स्वदेश फर्क नेपाली’ महाअभियान !
विदेसिएका नेपालीलाई राजनीतिक रुपमा बिभाजित बनाउने कारखाना नबनोस् एनआरएन !

अब विषय रबि लामिछाने होइन । यो एउटा विशाल बहस हो । देश समृद्ध बनाउने कि नबनाउने भन्ने बहस । आज लाखौंलाख नेपालीहरु देशबाहिर छन, उनीहरु स्वदेश फर्किएर समृद्धिका लागि ’केही गरौं’ भन्ने संकल्प लिइरहेका छन् । उनीहरुलाई कसरी सहज बाटोबाट नेपाल भित्राउने भन्नेतर्फ सोच्ने कि रबि लामिछानेलाई झै पासोमा पारेर निमोठ्न खोज्ने ? के उनीहरु सजिलै मातृभूमि फर्किएर देशसमृद्धिको मूलअभियानमा लाग्न नपाउने ? यहाँ कानुनको बर्खिलाप गरिनुपर्छ भनिएको होइन, कानुन नै कसरी सहज बनाउने भन्ने हो, जसले देशसमृद्धिमा योगदान दिन सकोस् ।

स्वाभिमान अभियान अन्तरगत हामी संसारभरबाट भनिरहेका छौं, विदेशमा बसेका नेपालीहरु स्वदेश फर्किनुपर्छ, लगानी नेपालमै गर्नुपर्छ, सिकेको सिप र शिक्षा नेपालकै लागि हुनुपर्छ र आफ्नै देश समृद्ध बनाउनुपर्छ । अनि हाम्रो नारा हो ’समृद्ध नेपाल, स्वाभिमानी नेपाली’ तर, जब स्वदेश फर्केको एउटा नेपालीलाई आफ्नै देशमा पासोमा पार्ने कोशिस हुन्छ उसले कुन मनोबलमा काम गर्नसक्छ ?

सरकारको नारा छ, ’समृद्ध नेपाल, सुखी नेपाली ।’ विदेशबाट पठाएको पैसामा सुखको सिला खोजिरहेका नेपालीले आफ्ना सन्तान स्वदेशमै आएर परीश्रम गरे भने सुखी मात्र होइन ’खुशी’ हुनेछन् । सरकार खुशी नेपाली खोजिरहेको छ कि, सुखी ? सुख र खुशीका साथ स्वाभिमानी नेपालीहरुको समृद्ध देश बनाउने हो भने सरकारले विदेसिएका सारा नेपालीहरुलाई सहजढंगले नेपाल फर्काउने ’स्वदेश फर्क नेपाली’ महाअभियान सुरु गर्नुपर्छ र स्वदेश फर्किन सहज बाटो (कानुनी र व्यवहारिक रुपमा) बनाएर समृद्धिको मूल फुटाउने विशाल अभियानको सुरु गर्नुपर्छ न कि रबिजीलाई जस्तै पासो थापेर !!!

यहाँ एनआरएन जस्ता संस्थाहरु पनि छन् तिनले यस्ता मुद्दाहरुमा बोलेको खै ? विदेशमा पनि नेपाली जनतालाई बिभक्त र तिक्त बिभाजित बनाउने कारखाना हो भने एनआरएनले आफ्नो मृत्यु पर्खेर बसेकै बेस् । अन्यथा संसारभर रहेका सबै नेपालीले यो बेला एक साथ भनौं, विषय रबि लामिछाने होइन, विषय समृद्धि र स्वाभिमानको हो । हामी संसारको जुनकुनै कुनामा जुनकुनै परिस्थितीका कारण पुगेका भएपनि हामी जन्मिंनासाथ हाम्री आमाले नाभि काटेर गाडेको माटो त्यही हो, त्यही हो हाम्रो देश, तिनै हुन् हाम्री आमा ।

जय स्वाभिमान ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend