अहिले सुन तस्करी सम्बन्धी अति नै चर्चा छ । चर्चा पनि किन नहोस राज्यको सुरक्षा गर्ने भनेर कसम खाएका प्रहरीका माथिल्लो निकायका कर्मचारी देखी नाम चलेका व्यवसायी समेत सुन काण्डमा परेका छन् । अहिले लहरो तान्दा पहरो खल्किए जस्तै सुन तस्करी गर्नेहरु समातिने कार्य जारी छ ।
यस्तै बाजेका सेकुवा कर्नरका संचालक समातिएको केही दिन नबित्दै सुन तस्करी प्रकरणमा संलग्नता रहेको आशंकामा व्यवसायी अकबर शाह पनि पक्राउ परेका छन्। रेस्टुरेन्ट व्यवसायी शाहलाई सरकारले गठन गरेको छानबिन समितिले नियन्त्रणमा लिएको हो ।
ललितपुरको लबिम मलमा उनको रेस्टुरेन्ट छ।तस्करीमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले शाहलाई नियन्त्रणमा लिइएको समितिका एक सदस्यले जानकारी दिए। उनीमाथि सोधपुछ गर्ने क्रम जारी छ । प्रहरीले केही दिन अघि व्यवसायी विमल पोद्दारलाई पनि नियन्त्रणमा लिएर बयान लिइरहेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend