चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बिभिन्न कार्यक्रममा सहभागी हुने क्रम जारी छ । नेपाल सरकार र चीन सरकार बिच बिभिन्न सम्झौता पनि भएको छ । अहिले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई सवै तिरबाट चासो पूर्वक हेरिएको छ । साथै प्रधानमन्त्री आलीको सम्मानमा चिनियाँ समकक्षी लि खछ्याङले ग्रेट हल अफ द पिपलको वेष्ट हलमा रात्रिभोजको आयोजना गरेका गरे । सो अवसरमा नेपाली प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता रहेको थियो । प्रधानमन्त्री ओलीले चीनको स्वशासित प्रदेश ल्हासा जाने कार्यक्रम पनि रहेको छ । ल्हासामा उनले नेपाली समुदायसँग अन्तक्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरीक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend