असारको अन्तिम हप्ता अर्थात २९ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘वीराङ्गना’ सार्वजनिक भएको छ । अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेलको एक्सन अवतार देखाइएको छ । अभिनेता पुथ्वीराज प्रसाईँ भने एक्सनसँगै रोमान्टिक अवतारमा देखिएका छन् । यसमा घोडा र बाँदर पनि प्रयोग गरिएको छ ।
पहिलो पटक शिल्पा र अनुपले स्क्रिन साझेदारी गरेका कारण यो फिल्मप्रति दर्शकमा चासो केही माथी देखिएको छ ।प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङलगायतका कलाकारहरुको समेत अभिनय रहेको ‘वीराङ्गना’ लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।
कथा पनि निर्देशक स्वयमको हो ।यो चलचित्र फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले संयूक्त रुपमा निर्माण गरेका हुन् । यसमा सुमी चामलिङ राई सह(निर्माता रहेकी छिन् । चलचित्रमा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायांकन छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend