सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रदूषणले आँखाको दृष्टि नै गुम्ने खतरा

प्रदूषणले आँखाको दृष्टि नै गुम्ने खतरा

काठमाडौंमा व्याप्त प्रदूषणले आँखाको दृष्टि गुम्ने खतरा बढ्दै आँखा विज्ञहरुले बताएका छन् । आँखा चिलाउने, आँखा रातो हुने, आँखामा आँसु आउने, सीधै घाममा हेर्न गाह्रो हुने, विभिन्न थरीका आँखा पाक्ने रोग, आँखा सुक्खा हुने हुँदै आँखाको दृष्टि कमजोर हुने र पूरै दृष्टि गुमेको आँखा विशेषज्ञहरुले औंल्याएका छन्।चिकित्सकका अनुसार आँखा एलर्जीका बिरामीहरु मेडिकलबाट जथाभावी औषधि किनेर राख्ने, एलर्जी पटक–पटक बल्झेपछि चिकित्सकले एक पटक दिएको औषधि आपूmखुशी किनेर पटक–पटक राख्ने गरेको कारण आँखाको दृष्टि गुम्न पुगेका हुन् । ‘धेरैजसो आपूmखुशी मेडिकलबाट औषधि किनेर आँखामा हाल्दा दृष्टि कमजोर हुने र कतिको पछि गएर दृष्टि गुम्ने गरेको देखिन्छ,’ टिचिङ अस्पतालकी कोर्निया प्रत्यारोपण विशेषज्ञ डा. मिनु चौधरीले भनिन्। उनका अनुसार अस्पतालमा प्रतिदिन ३ सय बिरामी आएमा औसत १ सयभन्दा बढी एलर्जीका बिरामी आउँछन्। ती मध्ये ०.२ प्रतिशतमा दृष्टि कमजोर बनिसकेको तथा गुम्ने समस्या रहेको देखिन्छ। आँखाको एलर्जी भएरै आउनेमा दैनिक औसत ३ सय जना प्रदूषित वातवरणको मात्र रहेको तिलगंगा आँखा अस्पतालले जनाएको छ। अस्पतालमा दैनिक ७ सय जना बिरामी आउँछन्। राजधानीमा बाह्रै महिना प्रदूषण भएकाले एउटै व्यक्तिलाई पटक–पटक एलर्जी हुने गरेको चिकित्सकहरुले बताउँछन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend