नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकता भए संगै अन्य पार्टीलाई पनि एकता बारे तातो लाग्न थालेको छ । नेपाली कांग्रेस साथै मधेशबादी दल पनि आफनो बिचार मिल्ने संग पार्टी एकता गर्न पाए हुन्थ्यो भन्ने सुरमा छन् । यस्तै नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंह र नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’बीच भेटघाट भएको छ । भेटमा दुबै नेताहरुले देशको पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल भएको बताएका छन् । साथै राष्ट्रियता, जनतन्त्र, र जनजीविकाका कतिपय सवालमा क्रान्तिकारी पार्टीहरुबीच कार्यगत एकता गरेर जानुपर्ने कुरा गरेको बताईएको छ । मसालले नेकपा(माले)सँग पनि विभिन्न विषयमा छलफल गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend