मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति बिच भेटवार्ता, अवको केही बर्षमै चीनको रेल नेपालमा दौड्ने

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति बिच भेटवार्ता, अवको केही बर्षमै चीनको रेल नेपालमा दौड्ने

/fi6«klt lhglkª / k|d cf]nL e]6 rLgsf] a]Olhªl:yt u|]6 xn ckm lkkndf a'waf/ lrlgofF /fi6«klt ;L lhglkª;Fu lzi6frf/ e]6jftf{ ug'{x'Fb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M xl/ nfld5fg], a]Olhª, /f;;

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङ बीच भेटवार्ता गरे । यो भेटबार्तालाई सवैले चासो पूर्वक लिएका छन् । यो भेटवार्ता र चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण खुड्किलो सावित भएको प्रधानमन्त्री ओलीको भनाई छ । चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री ओलीको सन् २०१६ को चीन भ्रमणका बेला भएका समझौताको बारेमा पनि कुरा भयो । संविधानको कार्यान्वयन हुनु र तीन तहको निर्वाचन सम्पन्न भई मुलुक राजनीतिक स्थायित्वमा जानु चीनको  निम्ति पनि सुखद कुरा भएको राष्ट्रपति सीले व्यक्त गरे ।

अन्तरदेशीय रेलमार्गलाई नेपालले विशेष प्राथमिकतामा राखको उल्लेख गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अबको सात वर्षमा नेपाल र चीन रेलमार्गले जोडिने विश्वास व्यक्त गरे । राष्ट्रपति सीसँगको भेटवार्तापछि मन्त्री ज्ञवालीले छिट्टै रेलमार्ग नेपाल पुग्ने दावी गरे । उनले पूर्वधार सम्भाव्यता अध्ययन नेपाली प्रविधिज्ञसहितको टोलीले अगष्टसम्म सकिने र डिपिआर शुरु हुने विश्वास व्यक्त गर्दै नेपालको अर्थतन्त्रका लागि बहुआयामिक महत्वको रेलमार्ग विस्तारमा नेपालले पनि लगानी बताए ।

उत्तर दक्षिण करिडोर निर्माण, थप उडानको प्रवद्र्धन र तिब्बेतियन हाइवेको नाका प्रयोग गरी विभिन्न नाकामा पुग्ने विषयका प्रोटोकलमा हस्ताक्षर हुने जानकारी दिँदै चिनिया राष्ट्रपतिले पारवहनको सुविधाले नेपालको व्यापार विविधीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको पनि उनले बताए ।

चिनियाँ पक्षबाट तातोपानी नाका छिट्टै खोल्ने आश्वासन प्राप्त भएको र नेपालको पूर्वाधार विकासको चाहनालाई पूर्णरूपमा साथ दिने वचनबद्धता पनि आएको मन्त्री ज्ञवालीले जानकारी दिए । भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गर्न दिएको निम्तोको प्रत्युत्तरमा चिनिया राष्ट्रपति सी जिनपिङले आफु नेपाल भ्रमण छिटै गर्ने कुरा बताएको बुझिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend