सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

श्रममन्त्रीको एकलौटी निर्णयले मलेशियामा कार्यरत ७ लाख नेपाली कामदारलाई असर पर्न सक्ने खतराः पूर्वअध्यक्ष ढकाल ( भिडियो सहित )

श्रममन्त्रीको एकलौटी निर्णयले मलेशियामा कार्यरत ७ लाख नेपाली कामदारलाई असर पर्न सक्ने खतराः पूर्वअध्यक्ष ढकाल ( भिडियो सहित )

पहिलो पटक उर्जा मन्त्री हुँदा सरकारी कार्यालयको बिजुली बती काटेर चर्चामा आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट रोजगारीको लागी मलेशिया जाने कामदारले गर्देै आएको बायोमेटिक स्वास्थ्य परिक्षण साथै भि एल एन, आई एस सी खारेज गर्ने आदेश दिए सँगै अहिले चर्चामा छन् । उनको यो कदमलाई धेरैले स्वागत गरे तर उनको कदमलाई कतिले श्रममन्त्री बिष्टको सही नियत भए पनि गलत प्रक्रिया भएको भन्दै त्यतिकै मात्रमा आलोचनापनि सुरु हुन थालेको छ । वैदेशिक रोजगारमा देखिएका समस्या समाधानकालागि कुटनितीक रुपमा पहल गरेर समाधान गर्नु भन्दापनि मन्त्री बिष्टले एकर्लौटीे निर्णय गरेर मलेशियाको रोजगार ठप्प पारेको उनलाई आरोप लाग्न थालेको छ ।

यस्तै बैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बिमल ढकालले मन्त्रीको वैदेशिक रोजगार क्षेत्रमा रहेका सिन्डिकेट हटाउने निर्णय सही भएपनि प्रक्रिया गलत भएको उनको भनाई छ । मलेशियन सरकारले पुरानो प्रक्रिया नै यथावत भनेको अवस्थामा नेपाल सरकारले एकलौटी अडान राख्दा कतै नेपाल र मलेशियन सरकारबिच सम्बन्ध बिग्रने त होईन भन्ने खतरा बढदै गएको ढकालको निष्कर्ष छ ।

यस्तै नेपाली कामदार बोक्दै आएका एअरलायन्सहरुले पनि हवाई उडानमा नेपाली कामदारको संख्या घटेको भन्दै चिन्ता व्यक्र गरेका छन् । बिभिन्न अर्थ बिज्ञहरुले पनि नेपालमा रोजगारीको अवसर कम भएको अवस्थामा रोजगारीको लागी मलेशिया जाने नेपाली कामदार राक्नु देशको लागी दीर्घकालीन असर गर्ने सक्ने उनीहरुको भनाई छ ।

त्यसका लागी सरकारले कुटनितीक पहल गरेर चाडै भन्दा चाडो समस्याको समाधान निकाल्नु पर्ने उनीहरुको सुझाब छ ।
नेपाली कामदार मलेशिया जाने प्रक्रिया नै रोकिए पछि कुटनितीक पहल बाट समस्याको समाधान निकाल्नु पर्नेमा श्रम मन्त्रालयले कुटनितीक पहल जती गर्नु पर्ने हो त्यो गर्न नसकेको संघका पूर्वअध्यक्ष विमल ढकालको आरोप छ ।

नेपाली कामदार मलेशिया जान रोकेर आफनै अडानलाई लामो समयसम्म कायम राखिरहे मलेशियामा कार्यरत ७ लाख कामदारलाई मलेशियन सरकारले यो वा त्यो बहानामा अप्ठ्यारो पार्न सक्ने खतरा पनि त्यतिकै मात्रमा रहेको ढकालको अांकलन छ । वैदेशिक रोजगार क्षेत्रमा देखिएका पछिल्ला समस्या अन्य देशको प्रावधान र अनुभवलाई अध्ययन गरेर कुटनितीक पहलबाट समस्यमा समाधान गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई छ ।

वैदेशिक रोजगार क्षेत्रमा बारम्बार समस्याहरु देखीने गर्छन । तर समस्याको समाधान भन्दा सरोकारवाला बिच आरोप प्रत्यारोप चल्दै आएको देखिन्छ । अव सरकार र सरोकारबाला पक्षबिच छलफल गरेर रोजगारीको लागी बिदेश जाने कामदार तथा मुलुकको लागीपनि फाईदा हुने गरी दीर्घकालीन समाधानको बाटो रोज्नु आवश्यक देखिन्छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend