भारतीय नम्बर प्लेट भएको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एकजना पूर्व शिक्षकको ज्यान गएको छ । तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा सोमबार बिहान यूपी ५६७२४० नम्बरको म्याजिक गाडीको ठक्करबाट स्थानीय ५५ वर्षीय पूर्व शिक्षक अयोध्याप्रसाद चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
मर्निङ्ग वाकबाट फर्कदै गरेका चौधरीलाई त्यसै दिशाबाट आएको गाडीले ठक्कर दिएको स्थानीयले बताएका छन् । गाडीको ठक्करपछि घटना स्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend