नेपाली कांग्रेसका नेता मिलेन्द्र रिजालले संसद छाडेर जनता माझ जाने नेकपा पार्टीलाई चेतावनी दिएको भोली पल्टै नेकपाका एक प्रभाबशाली यूवा नेताले कडा प्रतिक्रिया फर्काएका छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले कांग्रेसलाई संसद् छाडेर जान मन भए गए हुने जवाफ दिएका छन् । प्रेस सेन्टर नेपालको अन्तिम केन्द्रीय कमिटी बैठकलाई नेकपा कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै भट्टराईले कांगेस सत्ता बाहिर पुग्दा छटपटाईरहेको उनको भनाई छ ।
संसद् बैठकमा कांग्रेस नेता रिजालले कम्युनिस्ट सरकारले प्रतिपक्षलाई हेप्ने, पेल्ने र अपमानित गर्ने गरेको भन्दै संसद छाड्ने चेतावनी दिएका थिए । भट्टराईले विगतमा कांग्रेसले कम्युनिस्टहरुले हेप्ने, पेल्ने र खिसिटिउरी गरेको आरोप लगाउदै उनले भने ‘हामीले बिर्सिएका छैनौं, विगतमा कांग्रेसले हामीलाई झोला बोक्ने पार्टी भन्ने र विभिन्न बहानामा हेप्ने गरेको हो । अब कांग्रेसले कम्युनिस्टलाई हेप्ने दिन गएको भन्दै कांग्रेस प्रति आक्रोस पोखे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend