सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने अध्यक्ष केसीको दावी, अन्ततः संघीयता खारेज हुने उनले गरे भबिष्यबाणी

नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने अध्यक्ष केसीको दावी, अन्ततः संघीयता खारेज हुने उनले गरे भबिष्यबाणी

पूर्वउपप्रधान मन्त्री एबम राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै समय नटिक्ने दाबी गरेका छन् । प्रगतिशील पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष केसीले संघीयता देशलाई भारी भएको उनको भनाई छ । नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने भन्दै केही समय धानियता पनि अन्ततः संघीयता खारेज हुने उनको दावी छ । अध्यक्ष केसीले नेपालको भू–बनोट, सानो अर्थतन्त्र, सामाजिक, राजनीतिक आदि कारणले संघीयता नचाहिने तर्क गरे भन्दै आफनो पार्टीले बिगत देखी यो नारा उठाउदै आएको बताए । तर उनले पत्रकारको प्रश्नमा वर्तमान सरकार इतिहासकै शक्तिशाली रहेको टिप्पणी गदै जनचाहना अनुसार चल्र्न आग्रह गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend