सरकारले नेपाल टेलिभिजनको अध्यक्षमा डा महेन्द्र विष्टलाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा विष्टलाई टेलिभिजनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बस्कोटाले बताए । विष्ट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष हुन भने इमेज टेलभिजनको समाचार प्रमुख समेत रहेका थिए । नेपालको पत्रकारिता क्षेत्रमा उनलाई बुद्घीजिवी पत्रकारको रुपमा लिने गरिन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend