सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारलाई कांग्रेसको कडा प्रहार, संसद छाडेर जनता माझ जाने चेतावनी

सरकारलाई कांग्रेसको कडा प्रहार, संसद छाडेर जनता माझ जाने चेतावनी

बर्तमान सरकारलाई प्रमुख विपक्षी दल नेपाली कांग्रेसले काम कारबाही प्रति असन्तुष्ट जनाउदै संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ । सरकार संविधानको भावना बिपरित अगाडी बढेको उसको आरोप छ । संसदको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउने थालेको बताए । सरकारले संविधानअनुसार काम नगरेको उनको आरोप छ ।

नियम कानुन , संविधान भए पनि छाडातन्त्र भएको कांग्रेसको आरोप छ । संविधान बनाउने क्रममा सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक सोच विचार गरेर राखेको भन्दै उनले दलीय स्वार्थअनुसार गलत ब्याख्या नगर्न सांसद मिनेन्द्र रिजालको आग्रह छ । संसदमा प्रतिपक्षले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जाने उनको चेतावनी छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend