सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजधानीका दुई दर्जन डेरी उद्योगमा छापा, दूधमा मानव स्वास्थ्यलाई हानी पुर्याउने सोडा हालेको भेटियो

राजधानीका दुई दर्जन डेरी उद्योगमा छापा, दूधमा मानव स्वास्थ्यलाई हानी पुर्याउने सोडा हालेको भेटियो

मानव स्वास्थ्यलाई हानिकारक हुने खालका खानेकुरा मानिसहरुले खान बाध्य छन् । बढी मात्रमा धेरै जसो चिजमा मानिसलाई असर गर्ने बिसादीको प्रयोग अत्यधिक भएको समाचार बारम्बार आउने गर्छन । तर त्यसलाई अनुगमन गर्ने निकाय कमजोर हुदा उपझोक्ता ठगीने क्रम रोकिएको छैन् । यस्तै सोडा मिसाइएको दूधको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरूले बताउने गर्छन् ।

दूधमा सोडा मिसाउनु गलत मानिन्छ । कृषि मन्त्रालयले राजधानीका २५ डेरी उद्योगका ४२ वटा ब्रान्डका दूधका प्याकेट संकलन गरेकोमा ४० वटा प्याकेटमा मानव स्वास्थ्यलाई हानी पुर्याउने गरी अत्यधिक मात्रामा ‘न्यूट्रलाइजर’ सोडा हालिएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

नमूना परीक्षण गरिएको दूधमा मानव स्वास्थ्यलाई असर गर्ने तत्व पाइए उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाइने बताए । खाद्य ऐन अन्तर्गत दूधमा अन्य वस्तुको मिश्रण गर्ने उद्योगीलाई ५ देखि १० हजार जरिवार र ६ महिनादेखि १ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

दूधमा अखाद्य वस्तु मिसाइएको गुनासो बढेपछि कृषिमन्त्री चक्रपाणि खनाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्ण लगायतका टोलीले बालाजु औद्योगिक क्षेत्रमा सञ्चालित डेरी उद्योगमा सोमबार छापा हानेको थियो । मन्त्री खनालको अनुगमन टोलीले राजधानीका विभिन्न डेरी उद्योगमा शिलबन्दी समेत गरेको छ । बिगतमा सिलबन्दी भए पनि राजनैतिक पहुचका कारण अपराधि उमकिदै आएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend