सुरुमा यातायात क्षेत्रको सिण्डिकेट ताडेर गृहमन्त्री रामबहादुर थापा बादल अहिले चर्चामा छन् । दोस्रो पटक ठेकेदार र तेस्रो पटक एनजिओ र आईएन जिओ माथि खनिएका गृहमन्त्री बादल अव भ्रष्ट र गुण्डागर्दी माथि कडा कदम चाल्ने भएका छन् । उनले गुण्डागर्दीको नामावलीसहितको सूचना गृह मन्त्रालयमा उपलब्ध गराउन उद्योगी, व्यवसायीत्यस्ता हरुलाई आग्रह गरेका छन् ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको कार्यक्रममा उनले समृद्धि चाहने हरेकले भ्रष्ट र गुण्डागर्दी गर्नेहरुलाई समाप्त पार्ने अभियानमा साथ दिने बताए । गृहमन्त्री थापाले विकास र समृद्धिको मुख्य बाधकको रुपमा रहेको भ्रष्टाचारलाई अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारे ।
उनले उद्योगहरुको समृद्धि र विकासका लागि सरकारले सुरक्षाको उचित व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।गृहमन्त्री थापाले असुली धन्दामा प्रहरी समेतको संलग्नता हुने गरेको उल्लेख गर्दै त्यस्ता तत्वलाई पनि निस्तेज पार्ने चेतावनी दिए ।गृहमन्त्री थापाले कुशासनलाई सुशासन र भ्रष्टाचारलाई सदाचारमा नबदलेसम्म मुलुक समृद्ध हुनै नसक्ने पनि स्पष्ट परे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend