सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दलाल मार्फत अबैधानिक रुपमा अमेरिका जान हिडेका एक दर्जन यूवा नाइजेरियामा अलपत्र

दलाल मार्फत अबैधानिक रुपमा अमेरिका जान हिडेका एक दर्जन यूवा नाइजेरियामा अलपत्र

स्वदेशमा रोजगारीको अभाव भएका कारण नेपाली यूवायूवती बिदेशी मुलुकमा जान बाध्य छन् । अलि पढेलेखेका पैसा भएका यूरोप अमेरिका र आर्थिक रुपमा कमजोर भएका खाडी मुलुकमा गईरहेका छन् । सरकारको अनुमती लिएर कति अर्वैधानिक रुपमा दलालको मार्फत जाने गरेको पाईन्छ ।

यो क्रम घटने भन्दा बढने क्रम बढदो रहेको छ । यस्तै कतिले बिदेशको सुन्दर सपना देखे पनि उनको अधुरै हुने गरेका घटना पनि त्यतिर्कै छन् । यस्तै पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका समाचार प्राप्त भएको छ ।

दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारी अनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा म्याग्दीका १३ सहित २३ जना नेपाली युवालाई बन्धक बनाएका थिए ।

नाइजेरियन दलालसँगै रहेका नेपाली दलालले समेत युवालाई होटलबाट बाहिर आउन नदिएको नाम उल्लेख नगरिदिन अनुरोध गर्दै ती युवाले जानकारी दिएका छन् । करीब २२ महिना अगाडि हवाई र पदैल यात्रा गरी नाइजेरिया पुगेका युवाले घरपरिवारमा सम्पर्क गरेपछि घटना सार्वजनिक भएको होटलमा रहेका युवाले पठाएको विवरणमा उल्लेख छ ।

बन्धक बनाइएका युवामध्ये भागेर बाहिर आएकाले दिएको सम्पर्क नम्बरमा जेम्स भन्ने नाम गरेका व्यक्तिले फोन उठाएर कुनै समस्या नभएको बताउने गरेको आफन्तको भनाइ छ । बन्धक बनाइएका युवा नाइजेरियाबाट अमेरिकातर्फ प्रस्थान गर्ने भएकाले पनि आफ्नो नामसहित पासपोर्टको विवरणसमेत सार्वजनिक नगर्न अनुरोध गरेका छन् । म्याग्दीबाट गएकामा अर्मनका युवा धेरै छन् ।

बेनी नगरपालिका र गाउँपालिकाका विभिन्न वडाका युवाको नाम पहिचान हुन सकेको छैन । अवैध मार्गबाट करीब रु ३५ लाख खर्च गरी अमेरिका पुग्ने युवालाई नेपाल, भारतलगायत देशका तस्करले तोकेको ठाउँमा मोटो रकम बुझाउनुपर्छ । सम्झौताअनुसार रकम बुझाउन नसक्नेलाई होटलमै बन्धक बनाएर राख्ने गरिएको छ । नेपालबाट पठाउने एजेण्टलाई प्रहरीले पक्राउ गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend