सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

युवा खेलाडीले भरियो पोर्चुगल

युवा खेलाडीले भरियो पोर्चुगल

२०१८ फिफा विश्वकपमा महादेशीय फुटबल प्रतियोगिता जितेका ३ टिममा मात्र सहभागी छन् । युरोपियन च्याम्पियन पोर्चुगल, एसियन च्याम्पियन अस्ट्रेलिया र उत्तर अमेरिका च्याम्पियन मेक्सिकोले खेल्दैछन्। तर अफ्रिकन च्याम्पियन क्यामरुन, दक्षिण अमेरिका च्याम्पियन चिली र ओसिनिया च्याम्पियन न्यूजिल्यान्ड विश्वकपमा सहभागी छैनन् । सन् १९९४ पछि तीन महादेशीय च्याम्पियन मात्र सहभागी भएको यो पहिलो पटक हो।

युरोपियन च्याम्पियन पोर्चुगलका लागि दुई वर्षमा दोस्रो उपाधि जित्ने अवसर छ । पोर्चुगल दुई वर्षअघि पहिलो अन्तराष्ट्रिय उपाधि जित्ने क्रममा युरो २०१६ को विजेता बनेको थियो । रसिया विश्वकपमा पोर्चुगलको टिममा प्रतिभाशाली युवा खेलाडी छन। अनुभवी स्ट्राइकर रोनाल्डोसँगै युवा खेलाडी हुनु पोर्चुगलको बलियो पक्ष हो। यी खेलाडीको परीक्षण समूह चरणमा हुनेछ। समूह ’बी’ मा रहेको पोर्चुगलले पूर्व विश्वविजेता स्पेन, इरान र मोरक्कोसँग खेल्नेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend