सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजपाले असार मसान्तसम्ममा महाधिवेशन गर्न नसक्ने, ६ महिना म्याद थप्न निर्वाचन आयोगलाई आग्रह

राजपाले असार मसान्तसम्ममा महाधिवेशन गर्न नसक्ने, ६ महिना म्याद थप्न निर्वाचन आयोगलाई आग्रह

मधेशवादी दल राजपाले तत्कालै महाधिवेशन गर्न सक्ने अवस्था नभएको भन्दै म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । राजपाले ६ महिना म्याद थप्न आग्रह गरेको हो । निर्वाचन आयोगले आउँदो असार मसान्तसम्ममा महाधिवेशन गरिसक्न राजपालाई परिपत्र गरेको थियो ।

राजपा अध्यक्ष मण्डलको बैठकले निर्वाचन आयोगसँग ६ महिनाको समय माग्ने निर्णय गरेको मण्डलका एक सदस्यले पत्रकारहरुलाई बताए । आन्दोलनकै क्रममा पार्टी एकता भएको र त्यस लगतै चुनाव तिर समय गएको भन्दै भनेको समयमा महाधिबेशन गर्ने नसकिने अवस्था आएको उनको भनाई छ । महाधिवेशनको छलफलमा भए पनि असार मसान्तसम्ममा महाधिवेशन हुने सम्भावना नरहेको उनको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend