सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बित हुने बिषयमा नेकपा पछि हटयो, थुनामा रहेका सांसदसमेत पदबाट निलम्बित नहुने

फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बित हुने बिषयमा नेकपा पछि हटयो, थुनामा रहेका सांसदसमेत पदबाट निलम्बित नहुने

बाम गठबन्धन सरकारले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने कानुनी प्राबधान ल्याउने लामो कसरत गरे पनि अन्तत यो असफल भएकोे छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले लामो समय देखी फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न नहुने भन्दै बिरोध गदै आएका थिए । यस मुद्घालाई सभामुख कृष्णबहादुर महराले मध्यमार्गीको भुमिका खेलेका छन् ।

साथै फौजदारी अभियोगमा थुनामा रहेका सांसदसमेत पदबाट निलम्बित नहुने सहमती दलहरुले गरेको समाचार प्राप्त भएको छ । सभामुख कृष्णबहादुर महराको पहलमा भएको शिर्ष नेताहरुको छलफलमा नियमावलीमा ’निलम्बन’ शब्द उल्लेख नगर्नेमा सहमती भएको नेताहरुले बताएका छन् ।

नियमावलीमा तत्कालीन नेकपा एमाले बाहेकका ठूला दलहरु निलम्बन हुन नहुने पक्षमा उभिदै आएका थिए । एमालेले भने फौजदारी अभियोग लागेको व्यक्ति थुनामा रहे निलम्बन हुने व्यवस्था राख्नुपर्ने भन्दै संसद सचिवालयमा संशोधन समेत दर्ता गराए पनि अन्तत पछि हटेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend