सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल मेडिकल ब्यबसायी संघको कार्यसमितीले दियो स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई बधाई तथा शुभकामना

नेपाल मेडिकल ब्यबसायी संघको कार्यसमितीले दियो स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई बधाई तथा शुभकामना

नेपाल मेडिकल ब्यबसायी संघको कार्यसमितीले उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई भेटी बधाई तथा सफल कार्यकाल को शुभकामना दिएको छ । यो वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने सक्रिय व्यवसायीहरुको संघ हो । स्वास्थ्य क्षेत्रको पछिल्लो अवस्था बारे मन्त्री यादवले आफुहरु संग जानकारी लिएको र त्यस सम्बन्धी जानकारी गराएको ब्यबसायी संघका अध्यक्ष सिताराम रेग्मीले बताए ।

मन्त्री यादवले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण सरकारी ठुला अस्पताललाई दिदा के हुन्छ भनेर आफुहरुलाई सोधेको बताउदै अध्यक्ष रेग्मीले यो सम्भव नहुने भन्दै आफुहरुको लाखौ लगानी भएको भन्दै यो सम्भव नभएको जानकारी गराएको बताए ।

अध्यक्ष रेग्मीले सरकारी अस्पतालले पहिला स्वास्थ्य परिक्षण गर्न नसक्ने अवस्था भएरै आफुहरुलाई स्वास्थ्य परिक्षण गर्ने अनुमती दिएको भन्दै आफुहरु स्वास्थ्य परिक्षण गर्न सक्षम रहेको भन्दै मन्त्रीलाई जानकारी गराएको बताए । र यस्को स्वास्थ्य परिक्षणको कारण बिदेस जाने कामदार फर्किन नहूने र अस्पतालमा यस्तो परिक्षण गर्दाका बिभिन्न असरहरु हुन सक्ने भन्दै मन्त्रीलाई जानकारी गराएको अध्यक्ष रेग्मीले बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend