सरकारले बिदेश पठाउने नाममा ठगी धन्दा चलाउने माथि कडा रुपमा उत्रिएको छ । वैदेशिक रोजगारीमा पठाउने नाममा सोझा सिधा मान्छे ठग्ने माथि प्रहरीले गल्ली गल्ली देखी गेष्ट हाउस लगायत बिभिन्न ठाउमा छापा मार्ने थालेको छ । सरकारले विदेश पठाउने नाममा अवैध रुपमा पासपोर्ट संकलन गर्ने अखडाहरुमा छापा मार्न सुरु गरेको हो ।
युवाहरुलाई विदेश पठाउने नाममा बिगत बर्ष देखी बिभिन्न बिचौलीयाहरुले पासपोर्ट संकलन गरेर राख्दै आएका छन् । अहिले राजधानी देखी गाँउ गाँउमा बिदेश पठाईदिने भन्दै बिचौलियाहरु सक्रिय छन् । कतिले यूरोपको आश त कतिले खाडी मुलुकमा राम्रो कमाई हुने भनी अग्रिम पैसा समेत उठाउने गर्छन् ।
त्यसैले यस्तो ठगीलाई जरै देखी उखल्न प्रहरीको होटल, लज, रेस्टुरेन्ट, ट्राभल एजेन्सी लगायतले पासपोर्ट संकलन केन्द्रमा बिशेष निगरानी सुरु गरेको छ । यस्ता पासपोर्ट संकलन केन्द्रले लामो समयसम्म पासपोर्ट होल्ड गरेर राख्ने गरेको पनि पाइएको छ । अब विदेशिने युवालाई प्रलोभनमा पारेर महिना अघिदेखि अग्रिम शुल्क उठाउने र अवैध रुपमा विदेश पठाउने कार्यमा संलग्न हुनेविरुद्ध कारवाही अभियान सुरु भएको हो ।
यस्ता पासपोर्ट संकलन गर्ने अखडाहरुको सूचना लिएर कारवाही गर्ने कामको सुरुआत भएको श्रम तथा रोजगार मन्त्रालय स्रोतले जनाएको छ । बुधबार प्रहरीले नयाँ बसपार्कको एक होटेलमा छापा मारेर विदश पठाउने बाहानामा थन्क्याएर राखिएका दर्जनौ पासपोर्ट जफत गरेको छ । राहदानी संकलन गरी राखेको आरोपमा महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्क मित्रनगरमा बिभिन्न गेस्ट हाउसमा पासपोर्ट भेटिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend