लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद्को अक्टोवरमा हुने १० औं महाधिवेशनमा नयां नेतृत्व चयन गर्नको लागि निर्वाचन समिति गठन भएको छ।
संघका महासचिव डा हेम राज शर्माका अनुसार अधिवक्ता लीलामणी पौडेल (नेपाल) को संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो ।
नयां नेतृत्वको लागि हुने निर्वाचन सम्पन्न गर्न सदस्यहरुमा राम प्रताप थापा, डा गणेश गुरुङ, (नेपाल)डा देवकाजी डंगोल (कतार), चिरञ्जीवी ढकाल (यूके), डा विष्णुमाया परियार (अमेरिका) र सदस्य सचिवमा भूषण घिमिरे (जापान) लाई खटाईएको छ ।
शर्माले जुलाई महिनाभित्र संघका सबै राष्ट्रिय समितिको निर्वाचन सम्पन्न भए पछि अन्तराष्ट्रिय परिषदको निर्वाचनको लागि तयारी सुरु गरिने बताउनुभयो ।
संघको महाधिवेशनको लागि अगष्ट १५ भित्र केन्द्रीय प्रतिनिधि चयन गर्नु पर्ने वैधानिक व्यवस्था रहेको छ । केन्द्रीय प्रतिनिधिको लागि ६५ प्रतिशत राष्ट्रिय परिषदका पुराना पदाधिकारी, २५ प्रतिशत एनसीसीबाट निर्वाचि र १० प्रतिशत अध्यक्षले मनोनित प्रतिनिधिहरु संघको महाधिवेशनमा भाग लिन पाउने छन् । महासचिव शर्माले अगष्ट महिनाको दोस्रो सातासम्म केन्द्रीय प्रतिनिधिको अन्तिम नामावली तयार हुने बताउनुभयो । यसअघि संघको पदाधिकारी बैठकले अध्यक्ष कुमार पन्तलाई निर्वाचन समिति गठनको लागि अधिकार प्रदान गरेको थियो । (Imagekhabarबाट साभार)
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend