सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आयल निगमको जग्गा प्रकरणमा निकै विवादित कार्यकारी निर्देशक खड्काले दिए अन्तत पदबाट राजीनामा

आयल निगमको जग्गा प्रकरणमा निकै विवादित कार्यकारी निर्देशक खड्काले दिए अन्तत पदबाट राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पदबाट राजीनामा दिएका छन् । खड्काले पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन । पदमा रहँदा आयल निगमको जग्गा प्रकरणले निकै विवादमा तानिएका खड्कालाई सरकारले बर्खास्त गरेको थियो । उनले देशी–विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको आरोप समेत लगाए । उनी बिभिन्न प्रकरणमा पनि बिवादित बन्दै आएका थिए । नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गरेको थियो । त्यसपछि आफूलाई सरकारले अन्याय गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा रिट निवेदन दिएका खडकालाई सर्वोच्चले काममा फर्कन निर्देशन दिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend