शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बालुवाटारमा ओलीपक्षीय एमाले स्थायी कमिटी बैठक

बालुवाटारमा ओलीपक्षीय एमाले स्थायी कमिटी बैठक

 

 

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा मंगलबार साँझ १७ः२५ देखि ७ः४० बजेसम्म स्थायी कमिटी बैठक बसेको हो।

बैठकमा विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल, प्रदिप कुमार ज्ञवाली, राम बहादुर थापा, सुवासचन्द्र नेम्वाङ, केशव बडाल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, विष्णु रिमाल लगायतको उपस्थिति थियो।

आजको बैठकले बुधबारको बैठकबाट राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने र असार १८ गते बस्ने केन्द्रीय कमिटी बैठकबाट एमालेभित्र रहेको विवादलाई समाधान गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend