शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु

मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु

सांकेतीक तस्वीर

 

 

सप्तरी । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ६ स्थित महुली बजारमा सोमबार करेन्ट लागेर ३५ बर्षीया महिलाको मृत्यु भएको छ ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर स्थानीय जदाहा खातुनको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन्। मंगलबार बिहान १० बजे मोबाइल चार्ज गर्नेक्रममा विद्युतको तार सर्ट भई करेन्ट लागेर जदाहा गम्भीर घाइते भएकी थिईन् । करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । घाइते जदाहाको बिराट नर्सिङ होम बिराटनगरमा सोमबार दिउँसो मृत्यु भएको हो ।उनको शव परीक्षण गराई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव काफ्लेले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend