शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

माधव नेपाल पक्षीय नेकपा एमालेका युवा नेता रिजालले लगाए प्रधानमन्त्री ओलीलाई यस्तो गम्भिर आरोप

माधव नेपाल पक्षीय नेकपा एमालेका युवा नेता रिजालले लगाए प्रधानमन्त्री ओलीलाई यस्तो गम्भिर आरोप

 

काठमाडौं । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले प्रधानमन्त्री केपी शर्मा ओली मानसिक रुपमा अस्वस्थ भएकाले उपचार गर्न उनका निजी चिकित्सलाई आग्रह गरेका छन् ।

एक सञ्चार माद्यमसँग कुरा गर्दै नेता रिजालले प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति प्रयोग गरेका असभ्य शब्दले उनी स्वस्थ नरहेको पुष्टि हुने उनको जिकिर छ । ‘ओलीले बोलेका अनैतिक कुराले उनी शारीरिक रूपमा भन्दा मानसिक रुपमा झन कमजोर देखिएको छ’ उनले भनेका छन्–‘प्रधानमन्त्री ज्यूको मानसिक स्वास्थ्य परीक्षण गर्नका लागि अस्पताल लैजान उनका निजी चिकित्सक लाई विनम्र अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीले नेता नेपाललाई प्रयोग गरेको अपशब्द प्रति आक्रोश व्यक्त गरेका रिजालले ओली जस्ता असभ्य, संस्कार नभएका र छुद्र व्यक्ति प्रधानमन्त्री र एमाले जस्तो पार्टीको अध्यक्ष हुनु दुर्भाग्यपुर्ण भएको वताए । ‘ ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष भएका कारण मुलुककै शिर निहुरिएको छ’ उनले थपे–‘ओलीका कारण प्रधानमन्त्री पदकै पनि बदनाम भएको छ’– उनले भने ।

कम्युनिस्ट आन्दोलनका धरोहर शान्ति प्रकृयाका हिमयाती नेता नेपालसँग ओली जस्ता दुई नम्बरी चरित्र भएका व्यक्तिको तुलना हुन नसक्ने भन्दै रिजालले नेपालले ओलीको जस्तो व्यवहार देखाएको भए उनको राजनीति पहिलै सकिने दावी गरे । ‘उनी कमण्डलु बोकेर अहिले भिक्षा देउ– भिक्षा देउ भन्दै सडकमा हिडि रहेका हुन्थे ।’

ओलीले नेपाल प्रति गरेको कटाक्ष अतिनै निम्न स्तरको भएको भन्दै यो घटनामा प्रधानमन्त्री ओलीले माफी माग्नुपर्ने वताए । उनले भने–‘नत्र ओलीलाई बालुवाटारबाट घिसारेर सडकमा ल्याइन्छ।’

हिजो मात्रै प्रधानमन्त्री ओलीले नेता नेपाललाई प्रधानमन्त्रीको अफर गरेको विषय चर्चामा आएपछि ओलीले आफुले कुनै प्रस्ताव नगरेको वताएका थिए । स्वर्गीय नेता मदन भण्डारीको ७०औ जन्मदिनका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ‘मलाई बहुला कुकुरले टोकेको छ र ? कोही मान्छे नभेटाएर यस्ता मान्छे (माधव नेपाल)लाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’ भन्दै आलोचना गरेका थिए । यो समाचार नेपाल आजबाट साभार गरिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend