काठमाडौं । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पार्टी एकताको पक्षमा रहेको बताएका छन । नेता रिजालले हामी संग फोन बार्तामा यस्तो बताएका हुन । नेता रिजालले आज बिहान माधव ‘नेपाल संग फोन संवाद गरेको कुरा समेत बताए । नेता नेपाल एमाले पार्टी एकताको पक्षमा रहेको उनले बताए । एमाले मात्र होइन समग्र कम्युनिस्ट पार्टीहरू नै एकताबद्ध बनाएर लैजाने मनशायमा माधव नेपाल रहेको नेता रिजालले बताए । एमाले एकताको लागी ओलीले प्याकेजमै सहमति गर्नुपर्ने र एक व्यक्ति एक पदमा जाने हो भने पार्टी एकता हुने नेता नेपालको आशय रहेको रिजालले बताए ।
साथै पार्टीलाई विधिः पद्धति बिपरित ओलीले मनपरी तरिकाले कम्युनिस्ट पार्टीलाई भाडमा लैजान खोज्ने र जति बेला पनि जालझेल तथा नक्कली कुरा गर्ने किर्ते प्रवृत्ति नै एमाले एकताको बाधक भएको नेता नेपालले बताएको रिजालले उल्लेख गरे । नेता नेपाल एमाले पार्टी एकताको साथै कम्युनिस्ट आन्दोलन र संघीय लोकतांत्रिक व्यवस्था जोगाउन गम्भीर भएको आफुले पाएको नेता रिजालले बताए । अहिलेको व्यवस्था जोगाउन ओलीलाई जसरी पनि कुर्सीबाट हटाउनु पर्ने रिजालले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend