शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

तीन जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै (निर्णयसहित)

तीन जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै (निर्णयसहित)

 

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै असार २१ सम्म थपिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

भोलिदेिख अत्यवश्यकका खाद्यान्न, तरकारी‚ दुध पसलहरु साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ। डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा पसल, जुत्ता, फेन्सी पसललगायतका पसलहरु भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ।

यसअघि बारअनुसार यी पसलहरु सञ्चालन गर्न दिइएको थियो। त्यस्तै, अत्यवश्यक वस्तुहरुको अनलाइन अर्डर, रेष्टुरेन्ट एवं फाष्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय भएको छ।

सवारीसाधनका वर्कशप साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ। तर‚ पार्टी प्यालेस, ठूला होटल, शैक्षिक संस्थाहरुमा भने रोक लगाइएको छ।

तीन वटै जिल्ला प्रमुखहरुले थप एक साता निषेधाज्ञा लम्याउँदै २५ सिट माथिका सार्वजनिक यातायात जोरबिजोर प्रणालीबाट सञ्चालन गर्न निर्णय गरेको छ। यसअघि निजी सवारीसाधनलाई मात्रै जोरबिजोर प्रणालीबाट सञ्चालन भएका थिए। काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा सोमबार सकिदै छ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend