शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आफुले माधवकुमार नेपाललाई प्रधानमन्त्रीका लागि कुनै प्रस्ताव नगरेको ओलीको दावी

आफुले माधवकुमार नेपाललाई प्रधानमन्त्रीका लागि कुनै प्रस्ताव नगरेको ओलीको दावी

 

 

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी गठबन्धनका शीर्ष नेताहरूप्रति खनिएका छन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका नेताहरुको नाम लिदै नेपाली राजनीतिमा झुठ र बेइमानीहरूको चलखेल बढेको आरोप लगाए । उनले माधव नेपालले प्रधानमन्त्रीको प्रस्ताव ओलीले गरे भनेर दिएको अभिव्यक्तिको खण्डन गर्दै आफुले उनलाई प्रधानमन्त्रीका लागि कुनै प्रस्ताव नगरेको दावी गरे ।

उनले केही मानिसहरुमा विचार उदेश्य हराएको भन्दै सम्मृद्ध नेपाल सुखी नेपालीको मार्गदर्शन छोडेर व्यक्तिगत अहंकार कुण्ठामा रमाउने गरेको आरोप लगाए । ओलीले राजनीतिक दलका कार्यकर्तालाई विचारबाट चल्ने भन्दा पनि खेतालाका रुपमा प्रयोग गर्न थालेको भन्दै विपक्षी गठबन्धनको चर्को आलोचना गरे ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend