उदयपुर । उदयपुर बेलका नगरपालिकामा एक किलो गाँजा सहित एक युवती पक्राउ परेकी छन् । अवैध लागु औषध नियन्त्रण अभियान अन्तर्गत अस्थायी प्रहरी पोष्ट कोठु उदयपुरबाट खटिएको प्रहरी टोलीले आइतबार १ किलो गाँजा सहित एक युवतीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुर हचुवागडी गाउँपालिका–४ निवासी १८ वर्षीय सुजता मग्राती रहेकी छन् । मग्रातीले जेब्रा झोला भित्र प्लाष्टिकले बेरी लुकाई छिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
फेला परेको १ किलो गाँजा सहित मग्रातीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend