शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सुजिताको हत्या आरोपमा श्रीमान् र देवर पक्राउ

सुजिताको हत्या आरोपमा श्रीमान् र देवर पक्राउ

 

 

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका – ७ की सुजिता ठाकुरको हत्या आरोपमा उनका श्रीमान् र देवर पक्राउ परेका छन् ।आइतबार महोत्तरी प्रहरीले सुजिताको हत्या भएको केही प्रमाण फेला पारपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको हो ।महोत्तरीका प्रहरी उरीक्षक प्रकाश विष्टले मृतक सुजिताका श्रीमान् मुकेश ठाकुर र देवर रुपेश ठाकुरलाई लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

गत जेठ २० गतेदेखि सुजिता बेपत्ता भएकी थिइन् । झण्डै २३ दिनपछि महोत्तरी प्रहरीले उनको आफ्नै खेतमा (घरदेखि करिब डेढ किलोमिटर टाढा) उत्खनन् गर्दा हत्या भएको केही प्रमाणहरू फेला परेको हो । खेतमा उत्खनन् गर्दा कपाल, रगतले रातो भएको मोटो, मलखाद र नुन भेटिएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend