एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्टको आउदो फिल्म ‘गंगूबाई काठियावाडी’ को छायांकन पूरा भएको छ। एक रिर्पोटअनुसार मुम्बईको फिल्म सिटीमा फिल्मको बाँकी शुटिङ पूरा गरिएको हो। सञ्जयलीला भन्सालीको निर्देशनमा बनिरहेको फिल्मको एक गीत र एक सानो भागको मात्रै शुटिङ बाँकी रहेको थियो। यसअघि अभिनेत्री आलिया, निर्देशक सञ्जयलीला भन्साली र फिल्मको टिमका केही सदस्यहरु कोरोना संक्रमित भएपछि शुटिङ रोकिएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend