काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिथोलिएको राजनीतिको निकास ताजा जनादेशबाट मात्र सम्भव भएको बताएका छन । शनिबार रुपन्देहीको बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकोले निर्वाचनको लागि सबै जुट्न आग्रह गरे । ओलीले संसदमा विश्वासको मत पाउन नसकेको अवस्था र संसदबाट अर्को बैकल्पिक सरकार बन्न नसक्ने अवस्था आएपछि प्रतिनिधि सभा बिघटन गर्न बाध्य भएको जिकिर गरे ।
प्रतिनिधि सभाको निर्वाचनबाट आएको जनादेशले जनतामा सामाजिक न्याय सहितको विकास र सम्वृद्धितर्फ जाने यात्रा बीचमा अनपेक्षित राजनैतिक घटनाहरुले रोकिएपछि निकास दिन निर्वाचन एकमात्र विकल्प भएको उपप्रधानमन्त्री पौडेलले बताए । अदालतमा परेको मुद्दाले जुनसुकै निर्णय दिए पनि ताजा जनादेशले मात्र राजनैतिक निकास दिने भएकोले सबै निर्वाचनको लागि तयारीमा लाग्न अर्थमन्त्री पौडेलले आग्रह गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend