शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

खोलाले बगाउँदा दुई जना बेपत्ता

खोलाले बगाउँदा दुई जना बेपत्ता

प्रतिकात्मक तस्बिर

काठमाण्डौ । खोलाले बगाउँदा देशका विभिन्न ठाउँमा शनिबार दुई जना बेपत्ता भएका छन् । दाङको पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । आज दिउँसो साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा एक महिला बेपता भएकी हुन् । ती महिलाको परिचय खुल्न नसकेको जनाइएको छ । घोरोहीको जितपुरबाट सिउपुर जानकालागि खोला तर्ने क्रममा खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यस्तै डोटीको पूर्वीचौकी गाउँपालिकामा दिउँसो स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु मिजार रहेकी छन् । खोलाले बगाएका दुवैजनाको स्थानीय तथा प्रहरीले खोजी कार्य गरिरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend