काठमाडौं । गुगल ड्राइभ र युट्युवमा स्टोर गरिएका कतिपय पब्लिक लिंकहरूले अब काम नगर्ने भएका छन् । गुगलले सेक्युरिटीमा नयाँ परिवर्तन ल्याउने तयारी गरेपछि आउँदो जुलाईदेखि कतिपय लिंकले काम नगर्ने भएका हुन् ।
गुगलले युट्युव र गुगल ड्राइभको लिंक शेयरिङ अप्सनमा उलेख्य परिमार्जनको तयारी गरिरहेको छ । यसरी शेयर हुने लिंक नै पछिल्लो समय सुरक्षाको हिसाबले सबैभन्दा चुनौतीपूर्ण रहेका छन् । यस्तोमा लिंकको सेक्युरिटीमा उल्लेख्य परिमार्जन आवश्यक रहेको कम्पनीले जनाएको छ ।
त्यसरी लिंकको फर्म्याटमा आउने परिमार्जनले पुराना कतिपय लिंकले काम नगर्ने बताइएको छ । कम्पनीका अनुसार अब हुने परिमार्जनले युट्युव तथा ड्राइभको लिंक कसैले अनुमान गरेको भरमा पत्ता लगाउन सम्भव हुने छैन ्जरबसम्म कुनै व्यक्तिलाई लिंकको एक्सेस दिइने छैन, तबसम्म त्यसको विषयमा कुनै जानकारी समेत नहुने जनाइएको छ (टेकपानाबाट)
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend