सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मानव जातिकै सबैभन्दा नजिकका पुर्खाको जीवाश्मा चीनमा भेटियो

मानव जातिकै सबैभन्दा नजिकका पुर्खाको जीवाश्मा चीनमा भेटियो

 

श्रोतः एजेन्सी
उत्तरपूर्वी चीनमा भेटिएका हड्डीमा गरिएको खोज अनुसार भेटिएको नयाँ मानव प्रजाति नै मान्छेको सबैभन्दा नजिकका पुर्खा भएको वैज्ञानिकहरुले घोषणा गरेका छन् । ड्रागन म्यान समेत भनेर चिनिने होमो लोंगी प्रजाति मान्छेको नजिकको पुर्खा भएको वैज्ञानिकहरुले बताएका छन् । १९३० को दशकमा हेइलोङजियाङ प्रान्तको सहरमा हर्बिन क्रेनियम भेटिएका थिए । तर जापानी सेनाबाट जोगाउन त्यसलाई ८५ वर्षसम्म इनारमा राखियो ।

पछि २०१८ मा त्यसलाई उत्खनन गरी हेबेइ युनिभर्सिटीका प्राध्यापक जी कियाङलाई हस्तान्तरण गरिएको हो। हाम्रो विश्लेषण अनुसार हर्बिन समूह अरु भन्दा ज्यादै नजिकबाट मानव जातिसँग सम्बन्धित छ । उक्त अनुसन्धान अनुसार ती हड्डी कम्तिमा १ लाख ४६ हजार वर्षअघिका हुन् । तिनको नाम ड्रागन म्यान राखिनुको कारण ड्रागन नदीको नाम भएको बताइन्छ ।

अनुसन्धाता स्ट्रिंगरले भनेका छन्, यसले पूर्वी एसियामा आफ्नै विकासवादी इतिहाससँगै तेस्रो मानव वंशलाई स्थापित गर्छ । र मानव विकासका लागि यस क्षेत्र कति महत्वपूर्ण थियो भनेर पनि देखाउँछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend