झापाको विरिङ खोलामा एक पुरुषको शव फेला परेको छ। अर्जुनधारा नगरपालिका १ साधुटार(होक्से सडकखण्ड अन्तर्गत पर्ने खोलामा ४०र४५ वर्षको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ। मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अर्धनग्न अवस्थामा पुरुषको शव शनिबार बिहान स्थानीयले खोलाको बगरमा देखेर प्रहरीलाई खबर गरेका थिए। उनको शरीरको कम्मरको भागमा डोरी बाँधिएको प्रहरीले बताएको छ। ती पुरुषको शव खोलाले बगाएर ल्याएको हो कि भन्ने आशंका स्थानीयले गरेका छन्। इलाका प्रहरी कार्यालय विर्तामोडका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend