शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

भरुवा बन्दुकसहित तीन जना पक्राउ

भरुवा बन्दुकसहित तीन जना पक्राउ

 

तेह्रथुमबाट प्रहरीले भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ। तेह्रथुम लालीगुराँस नगरपालिका १ भुल्केबाट तीन थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय रामबहादुर गुरुङ छन्। शुक्रबार दिउसो सवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो। प्रहरीलाई देख्नासाथ भाग्न खोजेका उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend