नेपाल सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेबले नेपालको जग्गाजति सबै दलालको कब्जामा रहेको खुलासा गरेका छन् । मन्त्री बलदेवले देशभरका जग्गाहरु दलालको मनपरिले जमिन ध्वस्त भएको भन्दै भुमिसम्बन्धि नीति, ऐन भूउपयोग नीतिहरु बनाएर कृषियोग्य भूमि बचाउन ठोस कदम चालिने उनको भनाई छ । रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले कृषिको लागि हरियो लालपूर्जा बनेको बताउँदै कृषिको लालपूर्जाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको लागी समेत सहुलियतको ब्यवस्था गरिने उल्लेख गरे । अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले नीति बाहिरको अंशबण्डा रोक्नको लागि पहल गर्ने बताए । नेपालमा १ लाख २१ हजारको संख्यामा मोहीहरु रहेको बताउँदै उनले देशमा रहेका मोहीहरु हटाउने उदघोष समेत गरे । कृषिमा पनि रहेको सिण्डिकेट हटाउने मन्त्री खनालको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend