काठमाडौं । त्रिवि आंशिक प्राध्यापक संघले केन्द्रीय विभाग प्राविधिक तथा सबै आंगिक क्याम्पसका अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको छ।
प्राध्यापक संघ र त्रिविबीच २०७७ पुस २४ गते शिक्षण सहायकको सेवा सुविधा पाउने गरी व्यवस्थापन सम्झौता कार्यन्वयन नगरिएको भन्दै संघले अनलाइन कक्षा बन्द गरेको हो।
‘मिति २०७८ असार १० गते बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय विभाग प्राविधिक तथा सम्पूर्ण आंगिक क्याम्पसका अनलाइन कक्षाहरू हाम्रो सम्झौता कार्यान्वयन नभएसम्म बन्द गर्ने निर्णय गरिएको छ,’ शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend