शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ओलीको बहिर्गमन नै अहिलेको आवश्यकता होः चित्रबहादुर केसी

ओलीको बहिर्गमन नै अहिलेको आवश्यकता होः चित्रबहादुर केसी

 

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन नै अहिलेको राजनीतिको मुख्य कार्य भएको बताएका छन्। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले ओलीकै कारण उपलब्धिहरु संकटमा परेको बताएका छन्।

‘ओलीको कार्यले देशको गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षतामाथि खतरा त छँदैछ, त्यसका साथै नेपालको गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षताका विरुद्ध रहेका विदेशी शक्तिहरुसँग आफ्नो सत्ता संरक्षणका लागि उनीहरुको रणनीतिका समेत हिस्सेदार बनेको कारण स्थिति झन् गम्भीर बनेको छ। यदि ओलीका विरुद्ध संघर्ष गरिएन भने देशको गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षता खतम हुने स्थिति पैदा भएको छ’, विज्ञप्तिमा भनिएको छ।

ओलीको बहिर्गमन नै अहिलेको राजनीतिको मुख्य कार्य भन्दै उनले त्यसका लागि संयुक्त संघर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।  ओलीले लगातार स्वेच्छाचारी, असंवैधानिक तथा निरंकुश ढंगबाट सत्ता सञ्चालन गरिरहेको कार्यका विरुद्ध सर्वोच्चको मंगलबारको अन्तरिम आदेशले प्रहार गरेको उनको भनाइ छ। ‘त्यसैले हाम्रो पार्टीले सर्वोच्च अदालतद्वारा जारी आदेशको स्वागत गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend