काठमाडौँ । कोठा भाडामा खोज्दा जात सोध्ने घरबेटी रिहा भएकी छन् । बबरमहलस्थित अभियुक्त प्रधान थरकी घरबेटीलाई बुधबार साधारण तारेखमा रिहा गरिएको हो ।
जिल्ला अदालत काठमाडौँले थप प्रमाण बुझ्नका लागि प्रहरीलाई आदेश दिएपछि अभियुक्त प्रधानलाई साधारण तारेखमा छोडिएको छ ।
सुनार थरकी पीडितले प्रधानमाथि दर्ता गरेको जातिय विभेद सम्बन्धी मुद्दाको विरोधमा बुधबार जिल्ला सरकारी वकिलको कार्यालय बबरमहलमा नेवार समुदायले विरोध प्रदर्शन गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend