एजेन्सी
खाडी मुलुकमा मानिसको लागी कानुनी प्राबधान कडा छ । गलत गर्ने जो कोहीलाई गलती अनुसारको कडा कानुनी मापदण्ड छ । त्यहा भष्टचारी र अर्काको ज्यान लिने मानिसलाई मृत्यू दण्ड दिने कानुनी व्यवस्था छ । भने जाँड, रक्सी खान बनाउन पनि कानुनी अनुमती छैन् । भने अर्को तर्फ महिलाहरु पनि त्यहाँको मान्यता अनुसार बोलचाल देखी दैनिक व्यवहार त्यसै अनुसार गर्नु पर्ने हुन्छ । साउदी अरबियामा महिलाले गाडी चलाउने अनुमती पनि थिएन । तर साउदी अरेबियाले सोमबारदेखि महिलालाई चालक अनुमतिपत्र प्रदान गरेको छ । साउदीमा २४ जुनदेखि महिलाले पनि सडकमा गाडी चलाउन पाउनेछन् । सामाजिक सञ्जालमा निकै चर्चित बनेको एक भिडियोमा एकजना महिलालाई सरकारी अधिकारीले चालक अनुमतिपत्र दिँदै गरेका छन् । साउदीको सरकारी समाचार समितिका अनुसार यातायात व्यवस्था विभागका महानिर्देशकले सोमवार महिलालाई पनि अनुमति पत्र दिएका थिए । हाल १८ वर्ष उमेर पुगेका महिलाले चालक अनुमतिपत्रका लागि आवेदन दिन पाइने बताइएको छ ।
साउदीका पाँचवटा शहरमा महिलाका लागि ड्राइभिङ स्कुल स्थापना गरिएका छन् । विदेशमा चालक अनुमतिपत्र पाएका साउदी महिलाले उनीहरूलाई तालिम दिइरहेका छन् । विदेशमा लाइसेन्स लिएका साउदी महिलालाई पनि यहाँ आवेदन दिन आह्वान गरिएको छ । साउदी अरेबिया मात्रै यस्तो देश हो, जहाँ महिलालाई गाडी चलाउने अनुमति थिएन । गतवर्ष साउदी अरेबियाका शेख सलमानले महिलालाई पनि गाडी चलाउने अनुमति दिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend