शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

अवैध ३० केजी सुर्ती र लागुऔषध सहित ३ जना पक्राउ

अवैध ३० केजी सुर्ती र लागुऔषध सहित ३ जना पक्राउ

 

 

काठमाडौं । भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरेर ल्याउँदै गरेको ३० केजी सुर्तीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङ विराटनगर महानगरपालिका १ का १७ वर्षीय हर्समुन्द्र र विराटनगर महानगरपालिका ४ का १७ वर्षीय आशिष गिरी छन् ।

उनीहरुलाई भारतबाट अवैध रुपमा २ वटा मोटरसाइकल प्रयोग गरेर ३० केजी सुर्ती ल्याइरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए ।

प्रहरीले बरामद भएको अवैध सुर्ती आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको छ ।

यस्तै मोरङ सुन्दरहरैचा नगरपालिका–६ स्थित तिनपैनी सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका–५ बस्ने २६ वर्षीय गोपाल विश्वकर्मालाई पक्राउ गरेको हो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend