काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्रको स्नातकोत्तर तहको एमपीएचएन शैक्षिक कार्यक्रमको प्रथम वर्षको पुनः परीक्षा आगामी साउन ४ गतेबाट सञ्चालन हुने भएको छ। आइतबार त्रिविले जारी गरेको सूचना तालिकाअनुसार परीक्षा ४ गतेबाट सुरु भई १९ गते सकिने छ।
सूचनामा भनिएको छ, ‘एमपीएचएन शैक्षिक कार्यक्रम प्रथम वर्षको पुनः परीक्षा मिति २०७८ श्रावण ४ गतेदेखि निम्नानुसार सञ्चालन हुने भएकाले सम्बन्धित सबै परीक्षार्थीहरुलाई मिति २०७८ असार २० गतेभित्र आफ्नो क्याम्पसमा गई परीक्षा फाराम भर्न सूचित गरिन्छ ।’
२२ गतेभित्र परीक्षा फाराम भर्न छुटाएकाहरुले दोब्बर दस्तुर तिरेर परीक्षा फाराम भर्न सक्ने पनि त्रिविले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend