शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बाख्राको मासुलाई खसी भनेर बिक्री गर्ने २ जना पक्राउ

बाख्राको मासुलाई खसी भनेर बिक्री गर्ने २ जना पक्राउ

 

रौतहट । बाख्राको मासुलाई खसीको मासु भनेर बिक्री गरिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका वडा नं १ गौर बजारमा उनीहरुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौर नगरपालिका वडा नं ३ बस्ने वर्ष २४ को लाल मोहमम्द र वडा नं १ वस्ने वर्ष ३० का महमम्द नसिव रहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्दीबिक्रम शाहले जानकारी दिएका छन । उनीहरुलाई अन्दाजी ३५ किलो बाख्राको मासुसहित नियन्त्रणमा लिई थप कारवाहीको लागी जिल्ला प्रशासन कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend