नेकपा एमाले र माओवादी केन्द्र बिच पार्टी एकता पछि आम जनतामा केही देशमा बिकास हुनेमा आसा जागेको छ । अहिले सरकार पनि बामगठबन्धन कै छ । अव तोकिएकै पाचै बर्ष यो सरकारले काम गर्ने लगभग पक्का पक्की नै छ । नेपाली काग्रेस ५ बर्ष सरकार भन्दा बाहिर बस्ने भएको छ । तर मधेशमा राम्रो पकट जमाएको संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको छ । सरकारमा सहभागी संगै नेपाल कम्यूनिष्ट पार्टी संग पार्टी एकता गर्ने फोरम बिच कुराकानी तीब्र गतीमा अगाडी बढीरहेको नेताहरुले बताएका छन् । नेपाली काग्रेस अव झन पछि झन खस्कदै जाने टिकाटिप्णी समेत गर्ने थालेको सन्दर्भमा सरकारमा सहभागी भएको एक हप्ता नबित्दै उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीय समाजवादी फोरम अब कांग्रेसको विकल्पका रुपमा स्थापित हुने दावी गरेका छन् ।
। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै कांग्रेसले अब कम्युनिस्ट पार्टीको विकल्प धान्न नसक्ने ठोकुवा गरे । कांग्रेस अब कम्युनिस्टको विकल्प हुन सक्दैन पक्का पक्की भएको भन्दै त्यसको लागी आफनो पार्टी नै उदाउने उनको भनाई छ । यादवले आफूसँग तत्कालिन एमाले र त्यो भन्दा अघि पुष्पलाल समूहमा काम गरेकाहरु पनि सम्पर्कमा आएको र पार्टीमा धेरै मान्छेले प्रवेश गर्न खोजिरहेको दाबी गरे । यादवले कम्युनिस्ट पार्टीलाई संघीय समाजवादी नभई हुँदैन भन्ने महसुस हुनु नै हाम्रो शक्ति हो भन्ने प्रमाणित भएको जिकिर गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend