शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सहायक वन अधिकृत ४० हजार घुससहित पक्राउ

सहायक वन अधिकृत ४० हजार घुससहित पक्राउ

सांकेतिक तस्विर

 

धादिङका सहायक वन अधिकृत ४० हजार घुससहित पक्राउ परेका छन् । नीलकण्ठ सब डिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्ण प्रसाद पौडेललाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गे हात पक्राउ गरेको हो । घुस मागेको भन्ने उजुरीको आधारमा स्ट्रीङ अपरेसन गर्दा कार्यालय प्रमुख पौडेल रङ्गे हात पक्राउ परेको आयोग प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।
पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही हुने प्रवक्ता रिसालले जानकारी दिए । पक्राउ परेका पौडेलले गत कात्तिकदेखि निकलण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend