काठमडौं । जातका कारण कोठा नदिएको आरोपमा प्रहरीले एक घरबेटीलाई पक्राउ गरेको छ। तनुहँकी २४ वर्षीया रुपा सुनारलाई कोठा नदिएको आरोपमा बबरमहलका एक घरबेटीलाई पक्राउ गरिएको हो।
घरबेटीलाई पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता रमेश बस्नेतले पुष्टि गरे। घरबेटी सरस्वती प्रधानलाई आइतबार बबरमहलबाट पक्राउ गरिएको हो ।कोठा खोज्ने क्रममा रुपाले जातकै कारण प्रधानले कोठा नदिएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend