सुन तस्करी प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम बहादुर खत्रीले आत्मसमर्पण गरेका छन् । खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका हुन् । सुन तस्करी मुद्दामा फरार रहेका एसएसपी श्याम खत्रीसहित तीन अभियुक्तविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले डिफ्युज नोेटिस समेत जारी गरेको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट संगठीत रुपमा भएको सुन तस्करी मुद्दामा एसएसपी खत्रीसहित फरार अनिएका सुन तस्करीका नाइके एमके भनिने मोहन कुमार अग्रवाल र रमेश उप्रेतीविरुद्ध मंगलबार साँझ नोटिस जारी गरेको थियो । सुन तस्करीबारे छानविन गर्न बनेको समितिले काम सुरु गरेपछि खत्री फरार रहँदै आएका थिए । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा कार्यरत खत्रीलाई सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको छानविन समितिले खोजिरहेको थियो । सुन तस्करीमा संलग्न मुख्य नाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’ पक्राउ परेपछि उनले एसएसपी खत्रीलाई नियन्त्रणमा लिएमा सुनको सबै नेक्सस खुल्ने बयान दिएका थिए । खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेको पुष्टि गर्दै छानविन समितीले जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend